ट्रम्पले पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेपछि अमेरिकी सेयर बजारमा उछाल

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही पारस्परिक भन्सार शुल्कहरूमा ९० दिनको रोक लगाएपछि अमेरिकी सेयर बजारमा ऐतिहासिक उछाल देखिएको छ। सीएनबीसीका अनुसार, पछिल्लो एक सातादेखि चापमा रहेको बजारले यस निर्णयसँगै राहत पाएको हो। बुधबार अमेरिकी बेंचमार्क एसएन्डपी ५०० सूचक ९.५२ प्रतिशतले उकालो लाग्दै ५,४५६.९० अंकमा पुगेको छ। यो वृद्धिलाई सन् २००८ यता सबैभन्दा ठूलो एकदिने […]

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही पारस्परिक भन्सार शुल्कहरूमा ९० दिनको रोक लगाएपछि अमेरिकी सेयर बजारमा ऐतिहासिक उछाल देखिएको छ। सीएनबीसीका अनुसार, पछिल्लो एक सातादेखि चापमा रहेको बजारले यस निर्णयसँगै राहत पाएको हो।

बुधबार अमेरिकी बेंचमार्क एसएन्डपी ५०० सूचक ९.५२ प्रतिशतले उकालो लाग्दै ५,४५६.९० अंकमा पुगेको छ। यो वृद्धिलाई सन् २००८ यता सबैभन्दा ठूलो एकदिने उछालको रूपमा लिइएको छ। समग्र बजार सूचकांकहरूको हिसाबले हेर्दा, दोस्रो विश्वयुद्धपछिको इतिहासमा यो तेस्रो ठूलो वृद्धि हो।

त्यस्तै, डाउ जोन्स सूचक पनि २,९६२.८६ अंकले (७.८७ प्रतिशत) उकालो लागेर ४०,६०८.४५ विन्दुमा बन्द भएको छ, जुन सन् २०२० को मार्च यता सबैभन्दा ठूलो उछाल हो। नास्ड्याक कम्पोजिट सूचक १२.१६ प्रतिशतले वृद्धि हुँदै १७,१२४.९७ मा पुगेको छ। यो वृद्धिलाई सन् २००१ को जनवरी पछिको सबैभन्दा ठूलो एकदिने वृद्धि मानिएको छ भने समग्र इतिहासमा दोस्रो स्थानमा पर्छ।

बुधबारको दिन वाल स्ट्रिटमा करिब ३० अर्ब कित्ता सेयर किनबेच भई कारोबारको हिसाबले इतिहासकै सर्वाधिक सक्रिय दिन बनेको सीएनबीसीले जनाएको छ। राष्ट्रपति ट्रम्पले ट्रुथ सोसियलमार्फत ९० दिनका लागि पारस्परिक भन्सार शुल्क रोकेको घोषणा गरेपछि बजारमा यति ठूलो सकारात्मक प्रभाव देखिएको हो।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In