डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) ले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले अघिल्लो वर्षको तुलनामा उल्लेखनीय नाफा वृद्धि हासिल गरेको छ। चैत मसान्तसम्ममा डिप्रोक्सले ४३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७०.८१ प्रतिशतले वृद्धि हो। अघिल्लो आर्थिक […]
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) ले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले अघिल्लो वर्षको तुलनामा उल्लेखनीय नाफा वृद्धि हासिल गरेको छ।
चैत मसान्तसम्ममा डिप्रोक्सले ४३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७०.८१ प्रतिशतले वृद्धि हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
खुद ब्याज आम्दानीमा भएको ५२.३५ प्रतिशत वृद्धि र सञ्चालन मुनाफामा देखिएको ६८.८२ प्रतिशत वृद्धिले नाफा वृद्धि टेवा पु¥याएको छ। यद्यपि, समीक्षा अवधिमा खुद फि तथा कमिशन आम्दानी २१.६९ प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा डिप्रोक्सको कुल सञ्चालन आम्दानी ४०.६५ प्रतिशतले बढेको छ। नाफाको वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि ११ रुपैयाँ ७ पैसा बढेर ३० रुपैयाँ ८४ पैसामा पुगेको छ।
तेस्रो त्रैमासको अन्त्यसम्ममा डिप्रोक्सको वितरणयोग्य मुनाफा ३६ करोड १६ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा रहेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात (P/E ratio) २५.१७ गुणा र प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ५१ पैसा रहेको छ।
१ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ७८ करोड ४३ लाख रुपैयाँ सञ्चित छ। साथै, चैत मसान्तसम्ममा कम्पनीले २२ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन गरी सापटीबाट २५ करोड १ लाख ९८ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.