डिप्रोक्स लघुवित्तको नाफामा आकर्षक सुधार, इपीएस पनि बढ्यो

काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म डिप्रोक्स लघुवित्तको खुद नाफा सहित अधिकांश वित्तीय सूचकहरूमा उल्लेखनीय वृद्धि देखिएको छ। कम्पनीले यस अवधिमा ७०.८१ प्रतिशतले वृद्धि गर्दै ४३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो रकम २५ करोड २९ लाख रुपैयाँ थियो। खुद नाफामा देखिएको वृद्धिको मुख्य कारण कम्पनीको […]

काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म डिप्रोक्स लघुवित्तको खुद नाफा सहित अधिकांश वित्तीय सूचकहरूमा उल्लेखनीय वृद्धि देखिएको छ। कम्पनीले यस अवधिमा ७०.८१ प्रतिशतले वृद्धि गर्दै ४३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो रकम २५ करोड २९ लाख रुपैयाँ थियो।

खुद नाफामा देखिएको वृद्धिको मुख्य कारण कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा भएको वृद्धि हो। समीक्षावधिमा खुद ब्याज आम्दानी ५२.३५ प्रतिशतले बढेर १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ६८.८२ प्रतिशतले बढेर ६३ करोड १६ लाख रुपैयाँ पुगेको छ।

चैत मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा ३६ करोड १६ लाख रुपैयाँ पुगेको छ। तर, यस अवधिमा खराब कर्जा अनुपात भने ८.२५ प्रतिशतबाट बढेर ८.६६ प्रतिशत पुगेको छ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १ अर्ब ४२ करोड रुपैयाँ सञ्चित छ। डिप्रोक्स लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी (EPS) ११ रुपैयाँ ०७ पैसाले बढेर ३० रुपैयाँ ८४ पैसा पुगेको छ, जबकि प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ५१ पैसा रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In