डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा पुनः सुयोग श्रेष्ठ निर्वाचित

काठमाडौं: डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्ष पदमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठ पुनः सर्वसम्मतिले चयन भएका छन्। बिहीबार पोखरामा सम्पन्न एशोसिएसनको १९औं वार्षिक साधारण सभामा उनलाई पुनः अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो। त्यसैगरी, उपाध्यक्ष पदमा कामना सेवा विकास बैंकका दिनेश थकाली, सचिव पदमा गरिमा विकास बैंकका माधव प्रसाद उपाध्याय, र कोषाध्यक्ष […]

काठमाडौं: डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्ष पदमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठ पुनः सर्वसम्मतिले चयन भएका छन्। बिहीबार पोखरामा सम्पन्न एशोसिएसनको १९औं वार्षिक साधारण सभामा उनलाई पुनः अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो।

त्यसैगरी, उपाध्यक्ष पदमा कामना सेवा विकास बैंकका दिनेश थकाली, सचिव पदमा गरिमा विकास बैंकका माधव प्रसाद उपाध्याय, र कोषाध्यक्ष पदमा ज्योति विकास बैंकका कपिल ढकाल चयन भएका छन्।

सदस्य पदमा लुम्बिनी विकास बैंकका नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रकाश पौडेल, महालक्ष्मी विकास बैंकका दिपेश लम्साल, ग्रिन डेभलपमेन्ट बैंकका हरिबहादुर बुढाथोकी, तथा सप्तकोशी डेभलपमेन्ट बैंकका दिनेश पोखरेल निर्वाचित भएका छन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In