तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) ले शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (साउन ११ गते) अन्तिम दिन रहेको जानकारी दिएको छ। कम्पनीले असार १६ गतेदेखि खुला गरेको हकप्रदमा कायम १ कित्ता शेयर बराबर १ कित्ताको अनुपातमा ४० लाख कित्ता शेयर निष्काशन गरेको हो, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ। कुल निष्काशन रकम ४० […]
तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) ले शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (साउन ११ गते) अन्तिम दिन रहेको जानकारी दिएको छ। कम्पनीले असार १६ गतेदेखि खुला गरेको हकप्रदमा कायम १ कित्ता शेयर बराबर १ कित्ताको अनुपातमा ४० लाख कित्ता शेयर निष्काशन गरेको हो, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ। कुल निष्काशन रकम ४० करोड रुपैयाँ बराबर हुन्छ।
कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ जेठ ५ गते बुकक्लोज गरेको थियो, जसअनुसार जेठ ४ गतेसम्म कारोबार भएका शेयरधनीहरुले आवेदन दिन सक्नेछन्।
इक्रा नेपालले कम्पनीलाई ‘ICRA NP BB’ रेटिङ्ग प्रदान गरेको छ, जसले मध्यम वित्तीय जोखिम रहेको जनाउँछ। नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड शेयर बिक्री प्रबन्धक रहेको यस निष्काशनमा आवेदन नबिल बैंक र कुमारी बैंकका तोकिएका शाखा, सहभागी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, र ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत दिन सकिन्छ।
हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ, जुन हकप्रदपछि ८० करोड रुपैयाँ पुग्नेछ। संकलित रकमबाट माछापुच्छ्रे बैंक, नबिल बैंक र ग्लोबल आइएमई बैंकमा रहेको ९२ करोडभन्दा बढी ऋणमध्ये ४० करोड रुपैयाँ बराबर भुक्तानी गरिनेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.