तेह्रथुम पावरको हकप्रद शेयर असार १६ देखि निष्काशन गर्ने

तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) ले हाल कायम चुक्ता पूँजीको १००% बराबरको हकप्रद शेयर असार १६ गतेदेखि निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्दैछ। कम्पनीले यस प्रयोजनका […]

तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) ले हाल कायम चुक्ता पूँजीको १००% बराबरको हकप्रद शेयर असार १६ गतेदेखि निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्दैछ।

कम्पनीले यस प्रयोजनका लागि जेठ ५ गते बुक क्लोज गरेको थियो। त्यस अनुसार, जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले असार १६ गतेदेखि साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन्।

हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। शेयरधनीहरूले नबिल बैंकका छत्तर, म्याङलुङ, फेदाप संक्रान्तिबजारे शाखा तथा कुमारी बैंकको मेन्छियायम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत पनि आवेदन दिन सकिनेछ।

इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशनपछि पूँजी ८० करोड रुपैयाँ पुग्नेछ। संकलित रकम कम्पनीले विभिन्न बैंकहरूमा रहेको ऋणको आंशिक भुक्तानीमा प्रयोग गर्ने योजना बनाएको छ। हाल माछापुच्छ्रे बैंक, नबिल बैंक र ग्लोबल आइएमई बैंकमा गरी कम्पनीको ९२ करोड ६१ लाख रुपैयाँभन्दा बढी ऋण रहेको छ। हकप्रदबाट संकलित रकममध्ये १६ करोड माछापुच्छ्रे बैंक, १२–१२ करोड नबिल र ग्लोबल आइएमई बैंकमा भुक्तानी गरिनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In