दुई प्रकारका कर्जाको वृद्धिदर ऋणात्मक, कुन श्रेणीको कर्जामा देखिएको उच्च माग?

काठमाडौं: चालु आर्थिक वर्षको ५ महिनामा दुई प्रकारका कर्जाको वृद्धिदर ऋणात्मक देखिएको छ, जबकि अन्य सबै कर्जामा सुधार आएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार व्यक्तिगत ओभरड्राफ्ट (अधिविकर्ष) र विपन्न वर्ग कर्जाको वृद्धिदर ऋणात्मक भएको हो। ५ महिनामा व्यक्तिगत ओभरड्राफ्ट कर्जा ११.१६ प्रतिशत र विपन्न वर्ग कर्जा ७.१६ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र […]

काठमाडौं: चालु आर्थिक वर्षको ५ महिनामा दुई प्रकारका कर्जाको वृद्धिदर ऋणात्मक देखिएको छ, जबकि अन्य सबै कर्जामा सुधार आएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार व्यक्तिगत ओभरड्राफ्ट (अधिविकर्ष) र विपन्न वर्ग कर्जाको वृद्धिदर ऋणात्मक भएको हो। ५ महिनामा व्यक्तिगत ओभरड्राफ्ट कर्जा ११.१६ प्रतिशत र विपन्न वर्ग कर्जा ७.१६ प्रतिशतले घटेको छ।

नेपाल राष्ट्र बैंकको कडाइसँगै बैंक र वित्तीय संस्थाहरूले ओभरड्राफ्ट कर्जामा कम रकम प्रवाह गरेको हो। तर राष्ट्र बैंकले लचिलो नीति अपनाउँदा आवधिक कर्जा, व्यक्तिगत घर जग्गा कर्जा र सेयर धितो कर्जा वृद्धि भएको छ। बील पर्चेज जस्ता साना कर्जा शीर्षकलाई बाहिर राख्दा, ठूला कर्जा शीर्षकहरूमा आयात कर्जा सबैभन्दा धेरै बढेको छ भने ओभरड्राफ्ट कर्जा सबैभन्दा बढी घटेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिर महिनासम्मको तथ्यांक अनुसार, व्यक्तिगत ओभरड्राफ्ट र विपन्न वर्ग कर्जा बाहेक सबै कर्जाको वृद्धिदर सकारात्मक रहेको छ। यो अवधिमा आवधिक कर्जा २.१५ प्रतिशत, मार्जिन कर्जा १९.८२ प्रतिशत, चालु पुँजी कर्जा ८.७३ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ४७.२७ प्रतिशत, हायर पर्चेज कर्जा ३.६५ प्रतिशत, नगद प्रवाह कर्जा १.८८ प्रतिशत, रियल स्टेट कर्जा ३.४२ प्रतिशत र व्यक्तिगत आवासीय कर्जा २.८८ प्रतिशतले बढेको छ।

आर्थिक वर्ष २०८१/८२ को ५ महिनामा बैंक र वित्तीय संस्थाहरूको कर्जा लगानीको क्षेत्र अनुसार, औद्योगिक उत्पादन क्षेत्र ५.४ प्रतिशत, निर्माण क्षेत्र ३.५ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्र ३.८ प्रतिशत, यातायात, संचार र सार्वजनिक सेवा क्षेत्र ३.६ प्रतिशत, सेवा उद्योग क्षेत्र ५.० प्रतिशत र उपभोग्य क्षेत्र ३.६ प्रतिशतले बढेको छ। तर कृषि क्षेत्रको कर्जा ०.७ प्रतिशतले घटेको छ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले पछिल्लो एक महिनामा कर्जा विस्तारमा सुधार आएको बताएका छन्। ‘पछिल्लो महिनामा निक्षेपको तुलनामा कर्जा विस्तार बढेको छ, विशेष गरेर जलविद्युत आयोजनाहरूमा कर्जा प्रवाह बढेको छ,’ उनले भने। कृषि र साना तथा मझौला उद्योगका कर्जाको माग घटेको र निर्माण क्षेत्रमा समस्या देखिएकोले अपेक्षित कर्जा प्रवाह हुन नसकेको उनले जानकारी दिए।

मंसिर महिनाको तथ्यांक अनुसार, बैंक र वित्तीय संस्थाहरूले सबैभन्दा बढी आवधिक कर्जामा १९ खर्ब ७२ अर्ब लगानी गरेका छन्, जुन गत असारको तुलनामा ४१ अर्ब ५४ करोड बढी हो। यस अवधिमा चालु पुँजी कर्जा ७ खर्ब ८८ अर्ब पुगेको छ, जुन ६३ अर्ब ३५ करोडले बढेको छ। यस्तै, नगद प्रवाह कर्जा ६ खर्ब ६० अर्ब पुगेको छ, र अन्य कर्जा शीर्षकमा ४ खर्ब ६५ अर्ब लगानी गरिएको देखिन्छ।

मंसिर मसान्तसम्ममा बैंक र वित्तीय संस्थाहरूले विभिन्न कर्जा शीर्षकमा उल्लेखनीय रकम परिचालन गरेका छन्। यसमा व्यक्तिगत आवासीय कर्जा ३ खर्ब ९८ अर्ब, विपन्न वर्ग कर्जा २ खर्ब ८९ अर्ब, रियल स्टेट कर्जा २ खर्ब ७७ अर्ब, हायर पर्चेज कर्जा १ खर्ब २८ अर्ब, र ओभर ड्राफ्ट कर्जा १ खर्ब १० अर्ब रहेका छन्।

राष्ट्र बैंकको कडाइसँग कर्जा गुणस्तरमा सुधार आएको र जलविद्युत, व्यापार र व्यक्तिगत कर्जामा वृद्धि भएको छ, जबकि निर्माण र कृषि क्षेत्रमा सुधार आउन सकेको छैन। निजी क्षेत्रको कर्जा ५ महिनामा ३.५ प्रतिशत र वार्षिक आधारमा ७ प्रतिशतले बढेको छ।

यसैबीच, राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा निक्षेप ६७ खर्ब ३१ अर्ब पुगेको छ, र ५४ खर्ब ३१ अर्ब कर्जा प्रवाह गरिएको छ। बाणिज्य बैंकहरूका निक्षेप ५९ खर्ब ८५ अर्ब पुगेका छन्, र वित्तीय संस्थाहरूले ६ खर्ब १८ अर्ब कर्जा परिचालन गरेका छन

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In