दुई हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

दुई जलविद्युत कम्पनी—सुपर मादी हाइड्रोपावर र माउन्टेन इनर्जी नेपाल—को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन परेको छ। साधारण सभा तथा लाभांश वितरणका लागि यी कम्पनीहरुले भोलिदेखि बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीले सभामा सहभागी हुनका साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। माउन्टेन इनर्जी (MEN) ले भोलि एक दिनका लागि बुकक्लोज […]

दुई जलविद्युत कम्पनी—सुपर मादी हाइड्रोपावर र माउन्टेन इनर्जी नेपाल—को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन परेको छ। साधारण सभा तथा लाभांश वितरणका लागि यी कम्पनीहरुले भोलिदेखि बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीले सभामा सहभागी हुनका साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

माउन्टेन इनर्जी (MEN) ले भोलि एक दिनका लागि बुकक्लोज गर्नेछ। कम्पनीले चालु चुक्ता पूँजीको २०% बोनस शेयर र कर प्रयोजनार्थ १.०५२६% नगद लाभांश प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २९ गते साधारण सभा बोलाएको छ।

यस्तै, सुपर मादी हाइड्रोपावर (SMHL) ले भोलिदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। कम्पनीले ५% बोनस शेयर र कर प्रयोजनार्थ ०.२६४२% नगद लाभांश प्रस्ताव प्रस्तुत गरेको छ। प्रस्ताव पारित गर्न १६औँ वार्षिक साधारण सभा पुस ४ गते, शुक्रबार, बिहान ११ बजे होटल इम्पेरियलमा आयोजना हुनेछ।

आजसम्मका शेयरधनीका लागि यी दुवै कम्पनीको लाभांश सुरक्षित गर्ने अवसर खोसिन नदिने अन्तिम दिन मानिन्छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In