दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक छ : अर्थशास्त्री प्रा डा. प्याकुरेल

काठमाडौं : अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुरेलले नेपालको दिगो आर्थिक विकास सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। इम्बार्क कलेजअन्तर्गत इम्बार्क रिसर्च नेटवर्कले प्रकाशित गरेको पुस्तक ‘इम्बार्क रिसर्च रिभ्यू : दिगो नेपालको बाटो–दिगोपन र आर्थिक समावेशीकरणमा नेपालका नीतिगत चुनौतीहरू’ को विमोचन कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्। ‘स्थिरता र वित्तीय समावेशीकरण : नीतिगत समाधानको रूपमा […]

काठमाडौं : अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुरेलले नेपालको दिगो आर्थिक विकास सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। इम्बार्क कलेजअन्तर्गत इम्बार्क रिसर्च नेटवर्कले प्रकाशित गरेको पुस्तक ‘इम्बार्क रिसर्च रिभ्यू : दिगो नेपालको बाटो–दिगोपन र आर्थिक समावेशीकरणमा नेपालका नीतिगत चुनौतीहरू’ को विमोचन कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।

‘स्थिरता र वित्तीय समावेशीकरण : नीतिगत समाधानको रूपमा अनुसन्धान’ शीर्षकको बहस सत्रमा बोल्दै डा. प्याकुरेलले वित्तीय पहुँच र समावेशीकरण प्रवर्द्धन गर्न डिजिटल प्रविधि र नवीन वित्तीय उपकरणहरूको प्रयोग महत्वपूर्ण रहेको उल्लेख गरे। साथै, उनले दिगो आर्थिक विकासको आधार तयार गर्न नीतिगत सुधार अपरिहार्य रहेको बताए।

कार्यक्रममा नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक डा. नवराज अधिकारी, काठमाडौँ फिनटेकका संस्थापक डा. सञ्जीव सुब्बालगायत सहभागी थिए। बहस सत्रमा नेपालको आर्थिक विकासमा वित्तीय समावेशीकरण र स्थिरताले खेल्ने भूमिकाबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गर्दै नीति निर्माणका लागि उपयोगी सुझावहरू समेत प्रदान गरिएको थियो।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In