काठमाडौं – दोर्दी खोला जलविद्युत कम्पनीले (DORDI) आफ्ना सेयरधनीहरूका लागि चैत १९ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने तयारी गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर जारी गर्नेछ। यस अनुसार, कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर […]
काठमाडौं – दोर्दी खोला जलविद्युत कम्पनीले (DORDI) आफ्ना सेयरधनीहरूका लागि चैत १९ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने तयारी गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर जारी गर्नेछ।
यस अनुसार, कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।
लगानीकर्ताहरूले सानिमा बैंकका विभिन्न शाखाहरू — विराटनगर, वीरगन्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू र सीडीएससीको ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।
कम्पनीले गत फागुन १५ गते बुकक्लोज गरेकाले फागुन १३ गतेसम्म कायम सेयरधनीहरूले मात्र यो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
यो हकप्रद सेयरमा आवेदन दिने समयसीमा २०८१ वैशाख ८ गतेसम्म रहेको छ। हकप्रद सेयर बिक्री प्रबन्धकका रूपमा सानिमा क्यापिटलले जिम्मेवारी सम्हाल्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.