दोर्दी खोला जलविद्युतको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं: दोर्दी खोला जलविद्युत्को १०० प्रतिशत हकप्रद सेयरका लागि आवेदन आज चैत १९ गते मंगलबारदेखि खुला भएको छ। कम्पनीले १:१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर जारी गरेको छ, जसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ बराबरको सेयर उपलब्ध हुनेछ। […]

काठमाडौं: दोर्दी खोला जलविद्युत्को १०० प्रतिशत हकप्रद सेयरका लागि आवेदन आज चैत १९ गते मंगलबारदेखि खुला भएको छ। कम्पनीले १:१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर जारी गरेको छ, जसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ बराबरको सेयर उपलब्ध हुनेछ।

कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेकाले फागुन १४ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन्। लगानीकर्ताहरूले २०८२ वैशाख ८ गतेसम्म आवेदन दिन सक्नेछन्।

यस हकप्रद सेयरको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ। आवेदनका लागि सानिमा क्यापिटल, नक्साल काठमाडौं, सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरू तथा धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सकिन्छ। साथै, “मेरो सेयर” प्लेटफर्ममार्फत पनि आवेदन दिन सकिनेछ।

हाल दोर्दी खोला जलविद्युत्को चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ, जुन हकप्रद सेयर निष्कासनपछि २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In