दोर्दी खोला जलविद्युतको हकप्रद सेयरमा कहिलेसम्म पाइन्छ आवेदन दिन ?

काठमाडौं : दोर्दी खोला जलविद्युत कम्पनीले जारी गरेको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिनको लागि वैशाख ८ गतेसम्म समय दिइएको छ। कम्पनीले चैत १९ गतेदेखि १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर जारी गरेको हो। यसको अंकित मूल्य १ सय रुपैयाँ कायम गरिएको छ, जसअनुसार कुल १ अर्ब […]

काठमाडौं : दोर्दी खोला जलविद्युत कम्पनीले जारी गरेको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिनको लागि वैशाख ८ गतेसम्म समय दिइएको छ। कम्पनीले चैत १९ गतेदेखि १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर जारी गरेको हो। यसको अंकित मूल्य १ सय रुपैयाँ कायम गरिएको छ, जसअनुसार कुल १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको सेयर निष्कासन गरिएको हो।

यस हकप्रद सेयरको लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ। त्यसअघिसम्म, अर्थात फागुन १४ गतेभित्र नाम रहेका लगानीकर्ताहरूले सेयरमा आवेदन दिन योग्य हुनेछन्।

सानिमा क्यापिटल यस हकप्रद सेयरको बिक्री प्रबन्धक हो। इच्छुक लगानीकर्ताहरूले सानिमा क्यापिटलको नक्सालस्थित कार्यालय, सानिमा बैंकका तोकिएका शाखाहरू, ASBA अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू, तथा मेरो सेयर पोर्टल मार्फत आवेदन दिन सक्नेछन्।

हाल दोर्दी खोलाको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ रहेको छ। हकप्रद सेयर बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In