दोर्दी खोला जलविद्युतको हकप्रद सेयर पुनः बिक्री खुला, छुटेकाले आजदेखि आवेदन दिन पाउने

काठमाडौं: दोर्दी खोला जलविद्युत कम्पनीले आज (वैशाख १२ गते)देखि पुनः १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रकाशित गरेको सूचनाअनुसार, यसअघि हकप्रद सेयर भर्न छुटेका सेयरधनीहरूले अब वैशाख १४ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको सञ्चालक समितिको वैशाख ११ गते (बिहीबार) बसेको बैठकले फागुन १४ गतेसम्म कायम रहेका सेयरधनीहरूलाई आजदेखि वैशाख १४ गते आइतबार, […]

काठमाडौं: दोर्दी खोला जलविद्युत कम्पनीले आज (वैशाख १२ गते)देखि पुनः १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रकाशित गरेको सूचनाअनुसार, यसअघि हकप्रद सेयर भर्न छुटेका सेयरधनीहरूले अब वैशाख १४ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको सञ्चालक समितिको वैशाख ११ गते (बिहीबार) बसेको बैठकले फागुन १४ गतेसम्म कायम रहेका सेयरधनीहरूलाई आजदेखि वैशाख १४ गते आइतबार, बैंकिङ समयभित्र हकप्रद सेयरमा आवेदन दिने व्यवस्था मिलाउने निर्णय गरेको हो। कम्पनीले यसअघि फागुन १५ गते बुक क्लोज गरिसकेको थियो।

यसअघि, कम्पनीले चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो, जसको बिक्री व्यवस्थापन सानिमा क्यापिटलले गरेको हो।

यसपटक पनि सानिमा क्यापिटलको नक्सालस्थित कार्यालय र सानिमा बैंकका तोकिएका शाखाहरूबाट आवेदन दिन सकिनेछ। साथै, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र मेरोसेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्कासनपछि यो पुँजी बढेर २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In