दोर्दी खोला जलविद्युतको १०० हकप्रद : छुटेकाले आवेदन दिने आज अन्तिम दिन

काठमाडौं: दोर्दी खोला जलविद्युत कम्पनीको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिन आज (वैशाख १४ गते) अन्तिम मौका हो। इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ। कम्पनीले वैशाख १२ गतेदेखि, हकप्रद सेयर आवेदन छुटेकाहरुलाई पुनः अवसर प्रदान गर्दै आवेदन खुला गरेको हो। यसमा फागुन १४ गतेसम्म कायम रहेका सेयरधनीहरुले आवेदन दिन पाउनेछन्। हकप्रद सेयरको लागि कम्पनीले […]

काठमाडौं: दोर्दी खोला जलविद्युत कम्पनीको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिन आज (वैशाख १४ गते) अन्तिम मौका हो। इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ।

कम्पनीले वैशाख १२ गतेदेखि, हकप्रद सेयर आवेदन छुटेकाहरुलाई पुनः अवसर प्रदान गर्दै आवेदन खुला गरेको हो। यसमा फागुन १४ गतेसम्म कायम रहेका सेयरधनीहरुले आवेदन दिन पाउनेछन्। हकप्रद सेयरको लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ।

यसअघि, कम्पनीले चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर जारी गरेको थियो। तर सबै सेयर नबिकेपछि बाँकी सेयर पुनः निष्कासन गरिएको हो। यस हकप्रद सेयर निष्कासनको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।

लगानीकर्ताले सानिमा क्यापिटलको नक्सालस्थित कार्यालय, सानिमा बैंकका तोकिएको शाखा, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल दोर्दी खोलाको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्कासनपछि पुँजी बढेर २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In