दोर्दी खोला जलविद्युतको साढे १९ लाख कित्ता लिलामी सेयरमा आवेदन दिने म्याद १ दिन थप

काठमाडौं : दोर्दी खोला जलविद्युत लिमिटेडको लिलामी सेयरमा आवेदन दिने म्याद एक दिन थपिएको छ। अब जेठ २० गते मंगलबार कार्यालय समयसम्म लिलामीमा आवेदन दिन सकिनेछ। यसअघि आवेदन अवधि जेठ १९ गतेसम्म तोकिएको थियो। कम्पनीले जेठ ११ गतेदेखि लिलामी खुला गरेको हो, जसमा संस्थापक समूहका १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहका १ […]

काठमाडौं : दोर्दी खोला जलविद्युत लिमिटेडको लिलामी सेयरमा आवेदन दिने म्याद एक दिन थपिएको छ। अब जेठ २० गते मंगलबार कार्यालय समयसम्म लिलामीमा आवेदन दिन सकिनेछ।

यसअघि आवेदन अवधि जेठ १९ गतेसम्म तोकिएको थियो। कम्पनीले जेठ ११ गतेदेखि लिलामी खुला गरेको हो, जसमा संस्थापक समूहका १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहका १ लाख ६५ हजार ९५६ कित्ता सेयर रहेका छन्। साथै, सर्वसाधारण समूहकै लकइन अवधिमा नरहेका ४ लाख ९५ हजार ६७९ कित्ता सेयर पनि लिलामीमा बिक्रीका लागि राखिएको छ।

लिलामी सेयरका लागि लगानीकर्ताले न्यूनतम मूल्य १०० रुपैयाँबाट सुरु हुने प्रतिस्पर्धात्मक बोलपत्रमार्फत आवेदन दिनुपर्नेछ।

कम्पनीको सेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले आवेदन दिन सक्नेछन्। यस लिलामीको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In