दरमखोला हाइड्रोको आईपीओ असार ९ देखि खुला

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आज (असार ९ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर सार्वजनिक निष्काशन प्रारम्भ गरेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख […]

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आज (असार ९ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर सार्वजनिक निष्काशन प्रारम्भ गरेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये १० लाख ३० हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित गुल्मीको मुसिकोट नगरपालिका, बाग्लुङको गल्कोट नगरपालिका तथा बडीगाड गाउँपालिकाका स्थानीयवासीका लागि खुला गरिएको हो।

यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ९१ हजार ९५० कित्ता शेयर निष्काशन गरिएको छ। साथै, कर्मचारीहरूका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ९७५ कित्ता शेयर सुरक्षित गरिएको छ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन अवधि छिटोमा असार २३ गते र ढिलोमा साउन ६ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले असार २३ गतेसम्म आवेदन दिनुपर्नेछ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘IRN BB–’ रेटिङ प्रदान गरेको छ, जसले औषत जोखिम संकेत गर्दछ।

दरम खोला जलविद्युत् आयोजना ९.६ मेगावाट क्षमताको रहेको छ, जसको कुल अनुमानित लागत २ अर्ब ३८ करोड रुपैयाँ तथा प्रतिमेगावाट लागत २५ करोड रुपैयाँ रहेको छ। विद्युत अनुमतिपत्रको अवधि अझै २८ वर्ष बाँकी रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंक वामी शाखा, लक्ष्मी सनराइज बैंक गाल्कोट शाखा, प्रभु बैंक गाल्कोट शाखा तथा दरम खोला पावरहाउसबाट आवेदन दिन सक्नेछन्। आवेदन फारामका लागि २ रुपैयाँ शुल्क तोकिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूको तोकिएका शाखाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In