दरमखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

दरमखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा सम्पन्न भएको छ। गोलाप्रथाद्वारा गरिएको बाँडफाँटमा २ लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्, जसमा भाग्यमानी ५ जनाले अतिरिक्त १ कित्ता पाई कुल ११ कित्ता शेयर पाएका छन्। कम्पनीको आईपीओमा २२ लाख ९६ हजार ४६५ आवेदन परेको थियो, जसमा २२ […]

दरमखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा सम्पन्न भएको छ। गोलाप्रथाद्वारा गरिएको बाँडफाँटमा २ लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्, जसमा भाग्यमानी ५ जनाले अतिरिक्त १ कित्ता पाई कुल ११ कित्ता शेयर पाएका छन्।

कम्पनीको आईपीओमा २२ लाख ९६ हजार ४६५ आवेदन परेको थियो, जसमा २२ लाख ८३ हजार २२६ आवेदन मान्य र १३ हजार २३९ आवेदन अमान्य भएका थिए।

साउन १५ देखि १९ गतेसम्म सर्वसाधारणका लागि जारी गरिएको यस आईपीओमा कम्पनीले २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरका २४ लाख २३ हजार १८५ कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ दरमा निष्काशन गरेको थियो।

आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिनेछ।

Share Training in Kathmandu

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In