दरमखोला हाइड्रोले सर्वसाधारणका लागि आईपीओ निष्काशन सुरु

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आज (साउन १५ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) खुला गरेको छ। कम्पनीले आयोजनाबाट प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पहिले नै शेयर बाँडफाँट गरिसकेको छ। अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरिएको हो। कम्पनीले कुल ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने स्वीकृति […]

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आज (साउन १५ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) खुला गरेको छ। कम्पनीले आयोजनाबाट प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पहिले नै शेयर बाँडफाँट गरिसकेको छ। अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरिएको हो।

कम्पनीले कुल ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने स्वीकृति पाएकोमा यस चरणमा प्रतिकित्ता १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता शेयर बिक्रीमा ल्याएको हो।

यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। छिटोमा साउन १९ गते र ढिलोमा साउन २९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ।

क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘IRN BB-’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले निर्माण गरिरहेको ९.६ मेगावाट क्षमताको दरम खोला जलविद्युत आयोजनाको अनुमानित लागत २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने आयोजनाको विद्युत उत्पादन अनुमति अवधि २८ वर्ष बाँकी छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट स्वीकृत सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत आवेदन दिन सक्नेछन्।

Share Training in Nepal

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In