दरमखोला हाइड्रो इनर्जीको आईपीओ असार ९ गतेदेखि

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आगामी असार ९ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) खोल्ने भएको छ। कम्पनीले यो आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो। कम्पनीले हाल जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँ रहेको छ। सो मध्ये ३८.३३ प्रतिशत अर्थात् ३९ लाख ५० हजार […]

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आगामी असार ९ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) खोल्ने भएको छ। कम्पनीले यो आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीले हाल जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँ रहेको छ। सो मध्ये ३८.३३ प्रतिशत अर्थात् ३९ लाख ५० हजार कित्ता शेयर, बराबर ३९ करोड ५० लाख रुपैयाँ को सार्वजनिक निष्काशन अनुमति प्राप्त गरिसकेको छ।

स्थानीय बासिन्दाका लागि

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र अन्तर्गतका गुल्मी जिल्ला (मुसीकोट नगरपालिका), बाग्लुङ जिल्ला (गल्कोट नगरपालिका र बडीगाड गाउँपालिका) का स्थानीय बासिन्दाका लागि १० लाख ३० हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

  • शेयर मूल्य: प्रतिकित्ता रु १००

  • न्यूनतम आवेदन: १० कित्ता

  • अधिकतम आवेदन: ५०,००० कित्ता

  • निष्काशन अवधि: छिटोमा असार २३ गते, ढिलोमा साउन ६ गतेसम्म

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि

सर्वसाधारणका लागि छुट्याइएको भागबाट १० प्रतिशत अर्थात् २९ लाख १९ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको छ।

  • आवेदन असार २३ गते सम्म दिनुपर्नेछ

  • आवेदन सी-आस्बा प्रणाली मार्फत गर्न सकिनेछ

अन्य विवरण

  • कर्मचारीका लागि: ५८,३९० कित्ता

  • सामूहिक लगानी कोषका लागि: १,४५,९७५ कित्ता

  • रेटिङ: इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालद्वारा IRN BB-

  • आयोजनाको क्षमता: ९.६ मेगावाट

  • कुल लागत: २ अर्ब ३८ करोड रुपैयाँ

  • विद्युत अनुमतिपत्र: बाँकी २८ वर्ष

  • साधारण लगानी फिर्ता अवधि: ९.८३ वर्ष

  • डिस्काउन्टमा लगानी फिर्ता अवधि: १७.९० वर्ष

आवेदन कहाँ गर्ने?

स्थानीय बासिन्दाले निम्न स्थानहरूबाट आवेदन दिन सक्नेछन्:

  • ग्लोबल आइएमई बैंक, वामी शाखा

  • लक्ष्मी सनराइज बैंक, गाल्कोट शाखा

  • प्रभु बैंक, गाल्कोट शाखा

  • दरम खोला पावरहाउस कार्यालय
    (दरखास्त फाराम शुल्क: रु २)

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको भूमिका लक्ष्मी सनराइज क्यापिटल लिमिटेड ले निर्वाह गरेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In