काठमाडौं : दिव्यश्वरी हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा (एजीएम) आज जेठ २२ गते बस्दैछ। सभा बिहान ११:३० बजेबाट अन्नपूर्ण पार्टी भेन्यु, मैतीदेवी सेतोपुल, काठमाडौंमा सुरु हुनेछ। सभामा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, अन्य कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रक्रिया अघि बढाउन र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई […]
काठमाडौं : दिव्यश्वरी हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा (एजीएम) आज जेठ २२ गते बस्दैछ। सभा बिहान ११:३० बजेबाट अन्नपूर्ण पार्टी भेन्यु, मैतीदेवी सेतोपुल, काठमाडौंमा सुरु हुनेछ।
सभामा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, अन्य कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रक्रिया अघि बढाउन र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि छलफलमा राखिनेछ।
त्यस्तै, आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने एजेन्डा छ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि एजेन्डामा समावेश गरिएको छ।
सभामा सहभागी हुन कम्पनीले जेठ ८ गते बुक क्लोज गरिसकेको छ। त्यसअनुसार, जेठ ७ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र साधारणसभामा भाग लिन योग्य हुनेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.