दशैं बिदा सकिएसँगै आजदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबार पुनः सुरु हुने भएको छ। करिब एक सातासम्म बन्द रहेको बजार आजदेखि नियमित रूपमा सञ्चालनमा आउनेछ। दशैंअघि केही दिन लगानीकर्ता गतिविधि सुस्त भए पनि बिदापछि बजारमा नयाँ उत्साह र व्यापारिक ऊर्जा देखिने अपेक्षा गर्न सकिन्छ। विश्लेषकहरूका अनुसार बिदापछि बैंकिङ, हाइड्रोपावर र बीमा समूहका सेयरहरूमा […]
दशैं बिदा सकिएसँगै आजदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबार पुनः सुरु हुने भएको छ। करिब एक सातासम्म बन्द रहेको बजार आजदेखि नियमित रूपमा सञ्चालनमा आउनेछ।
दशैंअघि केही दिन लगानीकर्ता गतिविधि सुस्त भए पनि बिदापछि बजारमा नयाँ उत्साह र व्यापारिक ऊर्जा देखिने अपेक्षा गर्न सकिन्छ। विश्लेषकहरूका अनुसार बिदापछि बैंकिङ, हाइड्रोपावर र बीमा समूहका सेयरहरूमा सक्रियता बढ्ने अपेक्षा गरिएको छ।
गत कारोबारको अन्तिम दिन नेप्से सूचक २,६६३.५१ अंकमा बन्द भएको थियो। आजको कारोबारसँगै बजारको दिशा र लगानीकर्ताको मनोवृत्ति परीक्षण हुने देखिन्छ।
आजदेखि नियमित समयानुसार बिहान १०:३० देखि १०:४५ बजेसम्म प्रि-ओपन सेसन सञ्चालन हुनेछ भने, ११ बजेदेखि ३ बजेसम्म नियमित कारोबार खुला हुने।
Share your thoughts to keep the conversation going.
Be the first to comment.