धौलागिरी लघुवित्तको नाफा वृद्धि संगै प्रतिसेयर आम्दानी पनि बढ्यो

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा धौलागिरी लघुवित्तको खुद नाफा तथा प्रतिसेयर आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ। यस अवधिमा कम्पनीले २० लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा कम्पनी ४ करोड १४ लाख ८३ हजार रुपैयाँ घाटामा थियो। खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार आएपछि कम्पनीको […]

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा धौलागिरी लघुवित्तको खुद नाफा तथा प्रतिसेयर आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ। यस अवधिमा कम्पनीले २० लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा कम्पनी ४ करोड १४ लाख ८३ हजार रुपैयाँ घाटामा थियो।

खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार आएपछि कम्पनीको नाफा वृद्धि भएको हो। खुद ब्याज आम्दानी २०६.८१ प्रतिशतले बढ्दै ६ करोड ४१ लाख ३२ हजार रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीले २० लाख ८१ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ, जबकि अघिल्लो वर्ष ४ करोड १४ लाख ८३ हजार रुपैयाँको सञ्चालन घाटा भएको थियो।

पुस मसान्तसम्म प्रतिसेयर आम्दानी १ रुपैयाँ ५६ पैसा पुगेको छ, जुन अघिल्लो वर्षको यसै अवधिमा ३१ रुपैयाँ १७ पैसा ऋणात्मक थियो। प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ २२ पैसा रहेको छ भने चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ कायम छ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In