नेको इन्स्योरेन्स लिमिटेडले ६ लाख कित्ता संस्थापक शेयर लिलाम प्रक्रियामार्फत बिक्री खुला गरेको छ। यो शेयर खरिदका लागि सबै इच्छुक व्यक्तिले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २६० रुपैयाँ निर्धारण गरिएको छ। आवेदन दिन चाहने खरिदकर्ताले सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिनुपर्नेछ। आवेदन दिने समयसीमा चैत १५ गतेदेखि चैत २९ […]
नेको इन्स्योरेन्स लिमिटेडले ६ लाख कित्ता संस्थापक शेयर लिलाम प्रक्रियामार्फत बिक्री खुला गरेको छ। यो शेयर खरिदका लागि सबै इच्छुक व्यक्तिले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २६० रुपैयाँ निर्धारण गरिएको छ। आवेदन दिन चाहने खरिदकर्ताले सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिनुपर्नेछ। आवेदन दिने समयसीमा चैत १५ गतेदेखि चैत २९ गतेसम्म निर्धारण गरिएको छ।
आवेदन फाराम काठमाडौंको बागदरबारस्थित जोडिए कम्प्लेक्समा रहेको बिक्री प्रबन्धकको कार्यालयमा उपलब्ध हुनेछ। यस लिलामी प्रक्रियाको बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.