काठमाडौं : नेको इन्सुरेन्स लिमिटेडले वैशाख १२ गतेदेखि आफ्नो बाँकी सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले २ लाख २५ हजार २६१.३५ कित्ता सेयर लिलामीमा ल्याउँदैछ, जसअन्तर्गत संस्थापक समूहका ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहका १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर समावेश छन्। लिलामी विवरण लिलामीमा सहभागी हुन चाहने लगानीकर्ताले न्यूनतम १०० रुपैयाँको […]
काठमाडौं : नेको इन्सुरेन्स लिमिटेडले वैशाख १२ गतेदेखि आफ्नो बाँकी सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले २ लाख २५ हजार २६१.३५ कित्ता सेयर लिलामीमा ल्याउँदैछ, जसअन्तर्गत संस्थापक समूहका ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहका १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर समावेश छन्।
लिलामीमा सहभागी हुन चाहने लगानीकर्ताले न्यूनतम १०० रुपैयाँको दरमा प्रतिस्पर्धात्मक बोलपत्र दिनुपर्नेछ।
संस्थापक समूहका सेयरका लागि: न्यूनतम १,००० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सकिनेछ।
सर्वसाधारण समूहका सेयरका लागि: न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ता सम्म आवेदन गर्न मिल्नेछ।
आवेदन दिने अन्तिम म्याद: वैशाख २१ गतेसम्म
बिक्री प्रबन्धक: सानिमा क्यापिटल लिमिटेड
आवेदन दिन सकिने स्थानहरू:
सानिमा क्यापिटलको नक्साल, काठमाडौं र विराटनगर कार्यालय
नेको इन्सुरेन्सका शाखा कार्यालयहरू: झापा, पर्सा, धनुषा, चितवन, मकवानपुर, कास्की आदि
यसअघि कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो। सो अवधिमा बिक्री नभएका सेयरहरूलाई अहिले लिलामीमार्फत बिक्रीमा ल्याइएको हो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.