नेको इन्सुरेन्सको हकप्रद सेयर सुरक्षित गर्न आज अन्तिम मौका

काठमाडौं: नेको इन्सुरेन्सको २५ प्रतिशत हकप्रद सेयर सुरक्षित गर्न आज माघ १५ गते, मंगलबार अन्तिम दिन हो। कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि माघ १८ गते बुक क्लोज गर्नेछ। माघ १६ गते शहीद दिवस र माघ १७ गते सोनाम ल्होछार परेकाले सरकारले सार्वजनिक विदा घोषणा गरेको छ, जसकारण यी दुई दिन सेयर कारोबार बन्द हुनेछ। […]

काठमाडौं: नेको इन्सुरेन्सको २५ प्रतिशत हकप्रद सेयर सुरक्षित गर्न आज माघ १५ गते, मंगलबार अन्तिम दिन हो। कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि माघ १८ गते बुक क्लोज गर्नेछ। माघ १६ गते शहीद दिवस र माघ १७ गते सोनाम ल्होछार परेकाले सरकारले सार्वजनिक विदा घोषणा गरेको छ, जसकारण यी दुई दिन सेयर कारोबार बन्द हुनेछ। त्यसैले, माघ १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र नेकोको हकप्रद सेयर भर्न सक्नेछन्।

नेको इन्सुरेन्सले हालको चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्न तयारी गरेको छ। यसअनुसार, कम्पनीले १:०.२५ को अनुपातमा २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ। १०० रुपैयाँ अंकित मूल्यका कुल ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर बिक्री गरिनेछ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ रहेको छ। नेपाल बिमा प्राधिकरणले निर्जीवन बिमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ। हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In