काठमाडौं – नेको इन्सुरेन्सले हकप्रद सेयरमा आवेदन दिने म्याद चैत १४ गतेसम्म थप गरेको छ। यसअघि कम्पनीले फागुन २८ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो। तर, मागअनुसार आवेदन नपरेकाले कम्पनीले आवेदन अवधि थप गर्ने निर्णय गरेको हो। नेको इन्सुरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो। कम्पनीले ४ः१ अनुपातमा ५० लाख […]
काठमाडौं – नेको इन्सुरेन्सले हकप्रद सेयरमा आवेदन दिने म्याद चैत १४ गतेसम्म थप गरेको छ।
यसअघि कम्पनीले फागुन २८ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो। तर, मागअनुसार आवेदन नपरेकाले कम्पनीले आवेदन अवधि थप गर्ने निर्णय गरेको हो।
नेको इन्सुरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो। कम्पनीले ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गरेको छ, जसअनुसार १ सय अङ्कित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको सेयर बिक्री गरिँदैछ।
उक्त हकप्रद सेयरका लागि नेकोले माघ १८ गते बुक क्लोज गरेको थियो। सो समयमा कायम रहेका लगानीकर्ताले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
यस हकप्रद सेयरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको भूमिका निर्वाह गरेको छ। लगानीकर्ताले सानिमा क्यापिटल, नक्साल, काठमाडौं र नेको इन्सुरेन्सको तोकिएको शाखा कार्यालयमा आवेदन दिन सक्नेछन्।
यसबाहेक, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ मार्फत पनि आवेदन दिन सकिनेछ।
हाल नेको इन्सुरेन्सको चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ, जुन हकप्रद सेयर बिक्रीपछि २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.