काठमाडौं: नेको इन्सुरेन्स लिमिटेडले आज शुक्रबार, वैशाख १२ गतेदेखि कुल २ लाख २५ हजार २६१.३५ कित्ता सेयर लिलामीमार्फत बिक्रीका लागि खुला गरेको छ। लिलामीमा कम्पनीले संस्थापक समूहका ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहका १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर समावेश गरेको छ। लिलामीमा सहभागी हुन चाहने लगानीकर्ताले प्रति सेयर न्यूनतम मूल्य १०० रुपैयाँलाई […]
काठमाडौं: नेको इन्सुरेन्स लिमिटेडले आज शुक्रबार, वैशाख १२ गतेदेखि कुल २ लाख २५ हजार २६१.३५ कित्ता सेयर लिलामीमार्फत बिक्रीका लागि खुला गरेको छ। लिलामीमा कम्पनीले संस्थापक समूहका ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहका १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर समावेश गरेको छ।
लिलामीमा सहभागी हुन चाहने लगानीकर्ताले प्रति सेयर न्यूनतम मूल्य १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक दरमा बोलकबोल गर्नुपर्नेछ। संस्थापक समूहका सेयरका लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहका सेयरका लागि कम्तीमा १ सय कित्तादेखि अधिकतम उपलब्ध सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।
लिलामी आवेदन दिने अन्तिम म्याद वैशाख २१ गतेसम्म तोकिएको छ। बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले लिएको छ।
यसअघि, कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो। सो अवधिमा बिक्री नभएका बाँकी सेयरहरूलाई अहिले लिलामीमार्फत बिक्री गर्न लागिएको हो।
लगानीकर्ताहरूले सानिमा क्यापिटलको कार्यालय, नक्साल काठमाडौं तथा विराटनगरबाट आवेदन दिन सक्नेछन्। साथै, नेको इन्सुरेन्सका झापा, पर्सा, धनुषा, चितवन, मकवानपुर, कास्की लगायत शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.