काठमाडौं : नेको इन्सुरेन्सको ६ लाख कित्ता संस्थापक सेयर लिलामीमा सहभागी हुन आज (चैत २९ गते) अन्तिम मौका हो। इच्छुकले आज कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ। लिलामीमा संस्थापक सेयरधनीसहित अन्य व्यक्ति तथा संस्थाहरूले पनि भाग लिन सक्नेछन्। प्रतिकित्ता न्यूनतम मूल्य २६० रुपैयाँ तोकिएको छ, जसको आधारमा लगानीकर्ताले बोलकबोल गर्न सक्नेछन्। बोलपत्र बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल, बागदरबार […]
काठमाडौं : नेको इन्सुरेन्सको ६ लाख कित्ता संस्थापक सेयर लिलामीमा सहभागी हुन आज (चैत २९ गते) अन्तिम मौका हो। इच्छुकले आज कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ।
लिलामीमा संस्थापक सेयरधनीसहित अन्य व्यक्ति तथा संस्थाहरूले पनि भाग लिन सक्नेछन्। प्रतिकित्ता न्यूनतम मूल्य २६० रुपैयाँ तोकिएको छ, जसको आधारमा लगानीकर्ताले बोलकबोल गर्न सक्नेछन्।
बोलपत्र बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल, बागदरबार काठमाडौंमा बुझाउनुपर्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.