नेको इन्सुरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने

काठमाडौं : नेको इन्सुरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले ४ः१ अनुपातमा कुल ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो। यसअनुसार, कम्पनीले १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ। यसका लागि कम्पनीले माघ १८ […]

काठमाडौं : नेको इन्सुरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले ४ः१ अनुपातमा कुल ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो। यसअनुसार, कम्पनीले १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ।

यसका लागि कम्पनीले माघ १८ गते बुक क्लोज गरिसकेको छ। त्यसअघि कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन्।

यस हकप्रद सेयरको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ। लगानीकर्ताले सानिमा क्यापिटल नक्साल काठमाडौं, नेको इन्सुरेन्सका तोकिएका शाखा कार्यालयहरू तथा धितोपत्र बोर्डबाट स्वीकृत बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In