काठमाडौं : नागरिक लगानी कोषका सहभागी, सेयरधनी, र कर्मचारीहरूले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको पेइङ क्लिनिक, सिल्भर, गोल्डन, र प्लेटिनम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट पाउने भएका छन्। यस सम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा. रबी मल्लले हस्ताक्षर गरेका छन्। सम्झौतापछि कोषका सदस्य, सहभागी, सेयरधनी, तथा […]
काठमाडौं : नागरिक लगानी कोषका सहभागी, सेयरधनी, र कर्मचारीहरूले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको पेइङ क्लिनिक, सिल्भर, गोल्डन, र प्लेटिनम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट पाउने भएका छन्।
यस सम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा. रबी मल्लले हस्ताक्षर गरेका छन्। सम्झौतापछि कोषका सदस्य, सहभागी, सेयरधनी, तथा कर्मचारीहरूलाई छुट प्रदान गरिनेछ। छुट प्राप्त गर्न कोषको परिचय पत्र वा सहभागी परिचय पत्र अनिवार्य पेश गर्नुपर्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.