काठमाडौं : नाडेप लघुवित्त वित्तीय संस्थाले आफ्नो वार्षिक साधारण सभा जेठ २५ गते डाकेको छ। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह विवरणमाथि छलफल गरी स्वीकृत गर्ने प्रस्ताव रहेको छ। सभामा कम्पनीको सेयर संरचनामा परिवर्तनबारे छलफल हुने जनाइएको छ। साथै, कुनै अन्य लघुवित्त संस्था सङ्ग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण […]
काठमाडौं : नाडेप लघुवित्त वित्तीय संस्थाले आफ्नो वार्षिक साधारण सभा जेठ २५ गते डाकेको छ। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह विवरणमाथि छलफल गरी स्वीकृत गर्ने प्रस्ताव रहेको छ।
सभामा कम्पनीको सेयर संरचनामा परिवर्तनबारे छलफल हुने जनाइएको छ। साथै, कुनै अन्य लघुवित्त संस्था सङ्ग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
यसपालि भने नाडेपले लाभांश वितरणको कुनै प्रस्ताव अघि नबढाउने भएकाले सेयरधनीहरू लाभांशविहीन हुनेछन्।
सभा धादिङको गलौदीस्थित ट्रिपल क्राउन रिसोर्टमा बिहान १०ः३० बजे सुरु हुनेछ। सभाका लागि जेठ १२ गतेदेखि बुक क्लोज गरिएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.