काठमाडौं : एसियाली विकास बैंक (एडीबी) ले सन् २०२५ मा एसियाली क्षेत्रको आर्थिक वृद्धिदर ४.९ प्रतिशत र नेपालको ४.४ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ। ‘एसियन डेभलपमेन्ट आउटलुक–२०२५’ प्रतिवेदनमार्फत एडीबीले क्षेत्रीय मुलुकहरूको आर्थिक वृद्धिदर र मुद्रास्फीतिसम्बन्धी अनुमान सार्वजनिक गरेको हो। प्रतिवेदन अनुसार, अमेरिकाको नयाँ भन्सार नीति र भूराजनीतिक तनावका कारण एसिया–प्रशान्त क्षेत्रमा व्यापारिक अनिश्चितता बढ्दै […]
काठमाडौं : एसियाली विकास बैंक (एडीबी) ले सन् २०२५ मा एसियाली क्षेत्रको आर्थिक वृद्धिदर ४.९ प्रतिशत र नेपालको ४.४ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ। ‘एसियन डेभलपमेन्ट आउटलुक–२०२५’ प्रतिवेदनमार्फत एडीबीले क्षेत्रीय मुलुकहरूको आर्थिक वृद्धिदर र मुद्रास्फीतिसम्बन्धी अनुमान सार्वजनिक गरेको हो।
प्रतिवेदन अनुसार, अमेरिकाको नयाँ भन्सार नीति र भूराजनीतिक तनावका कारण एसिया–प्रशान्त क्षेत्रमा व्यापारिक अनिश्चितता बढ्दै गएको छ, जसले आर्थिक वृद्धि र मुद्रास्फीतिमा असर पार्ने देखिन्छ। अमेरिकी भन्सार नीतिको असर विश्वव्यापी रुपमा परिरहेको उल्लेख गर्दै एडीबीले सन् २०२६ मा एसियाली क्षेत्रको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ।
त्यस्तै, मुद्रास्फीति सन् २०२५ मा २.३ प्रतिशत र सन् २०२६ मा २.२ प्रतिशतमा झर्ने अनुमान गरिएको छ। सन् २०२४ मा यो दर २.६ प्रतिशत थियो।
नेपालको सन्दर्भमा, सन् २०२५ मा मुद्रास्फीति ५.२ प्रतिशत र सन् २०२६ मा ५ प्रतिशत रहने अनुमान गरिएको छ। गत असोजमा आएको बाढीपहिरोले आपूर्ति शृङ्खलामा परेको असरका कारण मुद्रास्फीतिमा वृद्धि देखिएको एडीबीले जनाएको छ।
प्रतिवेदनमा भनिएको छ, “अप्रिलमा घोषणा गरिएका अमेरिकी भन्सार शुल्कहरू पूर्ण रुपमा लागू भइ थप व्यापार नीति परिवर्तन भएमा आर्थिक वृद्धिदरमा गिरावट आउन सक्छ। यसले व्यापार क्षेत्रमा थप अनिश्चितता ल्याउन सक्छ।”
साथै, विस्तारमुखी वित्तीय नीतिहरुले मुद्रास्फीतिमा वृद्धि गराउने सम्भावना औंल्याइएको छ। मध्यपूर्वको तनाव, आपूर्ति शृङ्खलामा अवरोध, खाद्य तथा उर्जा मूल्यमा वृद्धि र युक्रेन-रुस युद्धका प्रभावहरूले आर्थिक जोखिम अझै बढ्ने एडीबीको प्रक्षेपण छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.