नेपालका १० वाणिज्य बैंकको सम्पत्ति परीक्षण बङ्गलादेशी कम्पनीमार्फत हुने

नेपाल राष्ट्र बैंकले देशका १० ठूला वाणिज्य बैंकहरूको सम्पत्तिको गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) का लागि बङ्गलादेशको ढाकास्थित हाउलादर युनुस एन्ड कम्पनीलाई छनोट गरेको छ। राष्ट्र बैंकका अनुसार नियमावलीअनुसार सो कम्पनी प्राविधिक रूपमा योग्य देखिएको हो। यसअघि श्रीलंका, भारत लगायत पाँच कम्पनी सर्टलिस्टमा परेका थिए भने भारतको केपिएमजी एसुरेन्स एन्ड कन्सल्टिङ सर्भिसेज प्रालि प्रारम्भिक रूपमा […]

नेपाल राष्ट्र बैंकले देशका १० ठूला वाणिज्य बैंकहरूको सम्पत्तिको गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) का लागि बङ्गलादेशको ढाकास्थित हाउलादर युनुस एन्ड कम्पनीलाई छनोट गरेको छ।

राष्ट्र बैंकका अनुसार नियमावलीअनुसार सो कम्पनी प्राविधिक रूपमा योग्य देखिएको हो। यसअघि श्रीलंका, भारत लगायत पाँच कम्पनी सर्टलिस्टमा परेका थिए भने भारतको केपिएमजी एसुरेन्स एन्ड कन्सल्टिङ सर्भिसेज प्रालि प्रारम्भिक रूपमा योग्य देखिए पनि आर्थिक प्रस्ताव अस्वीकृत भएपछि प्रक्रिया रद्द गरिएको थियो।

अन्तर्राष्ट्रिय मुद्राकोष (IMF) सँगको विस्तारित कर्जा सुविधा (ECF) अन्तर्गत नेपाल सरकार र राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकको अन्तर्राष्ट्रिय अडिटरबाट लेखा परीक्षण गराउने प्रतिबद्धता जनाएका थिए। IMF ले मार्च २०२३ मा ३९५ मिलियन अमेरिकी डलरको कर्जा उपलब्ध गराउने सन्दर्भमा बैंकहरूको ऋण पोर्टफोलियोको गुणस्तर परीक्षण अनिवार्य सर्तको रूपमा राखेको थियो।

राष्ट्र बैंकले उक्त प्रक्रिया पूरा गर्न विदेशी लेखा परीक्षकलाई आशयपत्र बुझाउन आह्वान गर्दै प्रक्रिया अघि बढाएको थियो। बैंकहरूको बढ्दो खराब कर्जा र पुँजी अभावका कारण IMF ले गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएको थियो।

नेपालले हालसम्म सो कर्जाको चौथो किस्ता भुक्तानी लिइसकेको छ। राष्ट्र बैंकले IMF का सिफारिसअनुसार बैङ्किङ प्रणालीको स्थायित्व सुनिश्चित गर्न तथा वित्तीय पारदर्शिता बढाउन लोन पोर्टफोलियो रिभ्युलाई प्राथमिकतामा राखेको हो।

Source : https://gorkhapatraonline.com/news/156307

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In