नेपाल इन्भेष्टमेन्ट मेगाको नाफा ३८.६१ प्रतिशत बढ्यो

काठमाडौं: इम्पेयरमेन्ट चार्जमा उल्लेखनीय गिरावट आएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा बढेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३ अर्ब २७ करोड रुपैयाँको तुलनामा ३८.६१ प्रतिशतले बढी हो। यद्यपि, बैंकको खुद ब्याज आम्दानी भने ६.५० प्रतिशतले घट्दै १० अर्ब ३१ […]

काठमाडौं: इम्पेयरमेन्ट चार्जमा उल्लेखनीय गिरावट आएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा बढेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३ अर्ब २७ करोड रुपैयाँको तुलनामा ३८.६१ प्रतिशतले बढी हो।

यद्यपि, बैंकको खुद ब्याज आम्दानी भने ६.५० प्रतिशतले घट्दै १० अर्ब ३१ करोड रुपैयाँमा झरेको छ। तर, इम्पेयरमेन्ट चार्जमा आएको गिरावटले समग्र नाफामा उल्लेखनीय सुधार ल्याएको देखिन्छ।

कुल खराब कर्जा १.४० प्रतिशत विन्दुले बढ्दै ४.३९ प्रतिशतमा पुगेको छ। नाफा बढेसँगै प्रतिसेयर आम्दानी (EPS) ४ रुपैयाँ ७४ पैसाले वृद्धि भई १७ रुपैयाँ ५४ पैसा कायम भएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ पनि १७ रुपैयाँले बढेर १९० रुपैयाँ पुगेको छ।

चैत मसान्तसम्म बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९८ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ३१ अर्ब ९५ करोड रुपैयाँ रहेको छ। तर, बैंकको वितरणयोग्य नाफा भने १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In