नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे ८ लाख कित्ता संस्थापक सेयरमा लिलामी आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा आवेदन दिन आज, वैशाख ९ गते, अन्तिम मौका रहेको छ। इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ। यस लिलामीमा केवल बैंकका संस्थापक सेयरधनीहरूलाई मात्र भाग लिन अनुमति छ। आवेदन दिने क्रममा न्यूनतम १०१ रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गर्दै गोप्य […]

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा आवेदन दिन आज, वैशाख ९ गते, अन्तिम मौका रहेको छ। इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ।

यस लिलामीमा केवल बैंकका संस्थापक सेयरधनीहरूलाई मात्र भाग लिन अनुमति छ। आवेदन दिने क्रममा न्यूनतम १०१ रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गर्दै गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १ लाख २५ हजार कित्तादेखि लिएर अधिकतम सबै उपलब्ध सेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको नारायणचौर, नक्सालस्थित कार्यालयमा बुझाउनुपर्नेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In