नेपाल इन्स्योरेन्सको हकप्रद शेयर साउन ६ गतेदेखि बिक्री खुला

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८३ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य ६५ करोड […]

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८३ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्न लागेको हो।

यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ हुनेछ।

हकप्रद निष्काशनका लागि कम्पनीले जेठ ३० गते बुकक्लोज गरेको थियो। जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन्।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘आईआरएन ए माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रहेको संकेत गर्दछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। शेयरधनीहरुले एनआईएमबि एस क्यापिटलका शाखा कार्यालय, सी–आस्वा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ रहेकोमा हकप्रद बाँडफाँटपछि यो बढेर २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ।

Share Training Near Me

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In