नेपाल इन्स्योरेन्सको हकप्रद शेयर बिक्री खुला

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले आज (साउन ६ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८३ प्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ। यस अनुसार, कम्पनीले १० कित्ता शेयर बराबर ३.४७८३ कित्ता अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६५ लाख ७६ हजार ९६७.७६ कित्ता, कुल ६५ करोड ७६ […]

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले आज (साउन ६ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८३ प्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ।

यस अनुसार, कम्पनीले १० कित्ता शेयर बराबर ३.४७८३ कित्ता अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६५ लाख ७६ हजार ९६७.७६ कित्ता, कुल ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशनमा ल्याएको हो।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले जेठ ३० गते बुकक्लोज गरेको थियो। जेठ २९ गतेसम्म नेप्सेमा कारोबार गरी कायम शेयरधनीहरुले साउन २६ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई “IRN A- (Single A Minus)” इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमता सुरक्षित रहेको संकेत गर्दछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। शेयरधनीहरुले बिक्री प्रबन्धकको कार्यालयहरू तथा आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयर प्रणालीमार्फत सि–आस्बा प्रयोग गरी अनलाइन आवेदन दिन सक्नेछन्।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ। यसले कम्पनीको पूँजी आधारलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

Share Training in Nepal

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In