नेपाल इन्स्योरेन्सको हकप्रद शेयर आवेदन अवधि भदौ २ सम्म बढ्यो

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले साउन ६ गतेदेखि निष्काशनमा ल्याएको हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत हकप्रद शेयरको आवेदन अवधि भदौ २ गतेसम्म थप गरेको छ। कम्पनीले १०:३.४७८३ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ, जसको कुल मूल्य ६५ करोड ७६ लाख ९६ हजार ७७६ […]

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले साउन ६ गतेदेखि निष्काशनमा ल्याएको हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत हकप्रद शेयरको आवेदन अवधि भदौ २ गतेसम्म थप गरेको छ। कम्पनीले १०:३.४७८३ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ, जसको कुल मूल्य ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ हुनेछ।

बुकक्लोज मिति जेठ ३० रहेको हुँदा जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनी मात्र आवेदन दिन सक्नेछन्। रेटिङ्गका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘आईआरएन सिंगल ए माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ र आवेदन ‘मेरो शेयर’ प्रणालीमार्फत वा आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत दिन सकिनेछ।

निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ।

Share Training in Nepal

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In