काठमाडौं : नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको (NICL) ७६औँ वार्षिक साधारण सभा आज काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे बस्दैछ। सभामा हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ। साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरू छलफल […]
काठमाडौं : नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको (NICL) ७६औँ वार्षिक साधारण सभा आज काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे बस्दैछ।
सभामा हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ। साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरू छलफल गरी पारित गरिनेछन्।
त्यसैगरी, आगामी आवका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्चको अनुमोदन लगायतका प्रस्तावहरू सभामा प्रस्तुत गरिनेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.