काठमाडौं : नेपाल इन्सुरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १५.७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। फागुन २४ गते बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। यो प्रस्ताव नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिनेछ। […]
काठमाडौं : नेपाल इन्सुरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १५.७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। फागुन २४ गते बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
यो प्रस्ताव नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिनेछ। अघिल्लो वर्ष, कम्पनीले आव २०७९–८० को नाफाबाट १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो। साथै, हाल कम्पनी ४० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृतिको प्रतीक्षा गरिरहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.