काठमाडौं: नेपाल इन्सुरेन्स कम्पनीले लाभांश प्रस्ताव पारित गर्न चैत १९ गते वार्षिक साधारण सभा बोलाएको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले सभाको निर्णय गरेको हो। सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। सभामा कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण […]
काठमाडौं: नेपाल इन्सुरेन्स कम्पनीले लाभांश प्रस्ताव पारित गर्न चैत १९ गते वार्षिक साधारण सभा बोलाएको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले सभाको निर्णय गरेको हो। सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। साथै, आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान, तथा नगद प्रवाह सम्बन्धी छलफल हुनेछ।
त्यसैगरी, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि एजेन्डामा समावेश छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ, चैत ६ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.