नेपाल इन्सुरेन्सले ४० प्रतिशत हकप्रद सेयर जारी गर्न तोक्यो बुक क्लोज मिति

काठमाडौं : नेपाल इन्सुरेन्सले ४० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि बुक क्लोज मिति निर्धारण गरेको छ। कम्पनीले यस हकप्रद सेयर बिक्रीका लागि जेठ ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, जेठ २९ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयर आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डले नेपाल इन्सुरेन्सलाई हालको चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद […]

काठमाडौं : नेपाल इन्सुरेन्सले ४० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि बुक क्लोज मिति निर्धारण गरेको छ। कम्पनीले यस हकप्रद सेयर बिक्रीका लागि जेठ ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, जेठ २९ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयर आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्डले नेपाल इन्सुरेन्सलाई हालको चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति प्रदान गरिसकेको छ। कम्पनीले १०:४ अर्थात ४० प्रतिशत अनुपातमा हकप्रद सेयर जारी गर्नेछ। यस अन्तर्गत, १०० रुपैयाँ अंकित दरका कुल ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरको ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद सेयर बिक्री हुनेछ।

नेपाल बिमा प्राधिकरणले निर्जीवन बिमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ कायम गरेको छ। हाल नेपाल इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँ रहेको छ।

हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ। यस हकप्रद सेयर बिक्रीमा एनआइएमबी एस क्यापिटलले बिक्री प्रबन्धकको भूमिका सम्हाल्नेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In