नेपाल एसबीआई बैंकको नाफामा वृद्धि, वितरणयोग्य मुनाफा कति छ?

काठमाडौं: नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा ७.११ प्रतिशतले बढेको हो। गत वर्ष यस बैंकले ८४ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो। बैंकको इम्पेयरमेन्ट चार्ज ७४ करोड रुपैयाँबाट घटेर २३ करोड रुपैयाँमा झरेको छ, जसका कारण […]

काठमाडौं: नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा ७.११ प्रतिशतले बढेको हो। गत वर्ष यस बैंकले ८४ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकको इम्पेयरमेन्ट चार्ज ७४ करोड रुपैयाँबाट घटेर २३ करोड रुपैयाँमा झरेको छ, जसका कारण नाफामा सुधार आएको हो। यता, खुद ब्याज आम्दानी १३.७४ प्रतिशतले घटेर २ अर्ब २९ करोड रुपैयाँमा झरेको छ, जुन गत वर्ष २ अर्ब ६५ करोड रुपैयाँ थियो।

एसबीआई बैंकको चुक्ता पुँजी १० अर्ब ५० करोड रुपैयाँ रहेको छ र जगेडा कोषमा ७ अर्ब ९३ करोड रुपैयाँ सञ्चित छ। बैंकको वितरणयोग्य नाफा १ अर्ब २० करोड रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी १ रुपैयाँ १४ पैसाले वृद्धि हुँदै १७ रुपैयाँ १५ पैसा (वार्षिक) पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १८७.०७ रुपैयाँ रहेको छ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In