नेपाल दूरसञ्चार कम्पनीले ३०% नगद लाभांश घोषणा गर्‍यो

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (NTC) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा उक्त दरमा नगद लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस ३० गते १८ औँ वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा राष्ट्रिय सभागृह, […]

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (NTC) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा उक्त दरमा नगद लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस ३० गते १८ औँ वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौँमा आयोजना हुने जनाइएको छ, जसको सुरुआत बिहान ११ बजे हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २० गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउनका साथै कम्पनीले वितरण गर्ने नगद लाभांश प्राप्त गर्न सक्नेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In