काठमाडौं : नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा कम्पनीले ५३ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षकै समान अवधिको तुलनामा ५७.७१ प्रतिशत बढी हो। गत वर्ष सोही अवधिमा कम्पनीले ३३ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। पुस मसान्तसम्म कम्पनीले […]
काठमाडौं : नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा कम्पनीले ५३ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षकै समान अवधिको तुलनामा ५७.७१ प्रतिशत बढी हो। गत वर्ष सोही अवधिमा कम्पनीले ३३ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
पुस मसान्तसम्म कम्पनीले ४ अर्ब १६ लाख रुपैयाँ खुद बिमा शुल्क संकलन गरेको छ, जसको तुलनामा गत वर्ष यसै अवधिमा ३ अर्ब ३ करोड रुपैयाँ बिमा शुल्क संकलन गरिएको थियो। कम्पनीको लगानी र कर्जाबाट प्राप्त आम्दानी ८७ करोड ३६ लाख रुपैयाँबाट घटेर ६२ करोड ७४ लाख रुपैयाँ पुगेको छ। अन्य आम्दानी भने ५ करोड ४४ लाख रुपैयाँबाट बढेर ३१ करोड १९ लाख रुपैयाँ पुगेको छ, जसले नाफामा सुधार ल्याएको छ।
कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ७६ करोड ४२ लाख रुपैयाँ जम्मा छ। कम्पनीको प्रतिसेयर आम्दानी ३.९७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४८.९६ रुपैयाँ रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.