काठमाडौं: नेपाल फाइनान्सले आज (फागुन १ गते) देखि १० लाख ९० हजार ३७१.१८७ कित्ता संस्थापक सेयर लिलामीमा खुला गरेको छ। यस लिलामीमा कम्पनीका संस्थापक सेयरधनीहरूका साथै अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले आवेदन दिन सक्नेछन्। सेयर खरिदका लागि न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। न्यूनतम १ हजार कित्तादेखि […]
काठमाडौं: नेपाल फाइनान्सले आज (फागुन १ गते) देखि १० लाख ९० हजार ३७१.१८७ कित्ता संस्थापक सेयर लिलामीमा खुला गरेको छ। यस लिलामीमा कम्पनीका संस्थापक सेयरधनीहरूका साथै अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले आवेदन दिन सक्नेछन्।
सेयर खरिदका लागि न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन दिने अन्तिम म्याद फागुन ८ गतेसम्म कायम गरिएको छ भने बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटलले लिएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.