नेपाल फाइनान्स लिमिटेड (NFS) ले करिब ११ लाख कित्ता संस्थापक समूहका सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ। कम्पनीले यसअघि जारी गरेको हकप्रद सेयरमा अविक्रीत रहेको १० लाख ९० हजार ३७१.१८७ कित्ता सेयर आज जेठ ११ गतेबाट लिलामीमा राखेको हो। इच्छुक व्यक्ति तथा संस्थाले असार १ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० […]
नेपाल फाइनान्स लिमिटेड (NFS) ले करिब ११ लाख कित्ता संस्थापक समूहका सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ।
कम्पनीले यसअघि जारी गरेको हकप्रद सेयरमा अविक्रीत रहेको १० लाख ९० हजार ३७१.१८७ कित्ता सेयर आज जेठ ११ गतेबाट लिलामीमा राखेको हो। इच्छुक व्यक्ति तथा संस्थाले असार १ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन्।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्ने स्थानहरू:
प्रभु क्यापिटल, कमलादी, काठमाडौं
नेपाल फाइनान्स: केन्द्रीय कार्यालय (कमलादी), बनेपा, माछापुच्छ्रे, लगनखेल, तिलोत्तमा शाखा
प्रभु बैंक: विराटनगर, वीरगन्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी शाखा
Share your thoughts to keep the conversation going.
Be the first to comment.