नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १,४०० रुपैयाँले बढेर १ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ। गत शुक्रबार सो सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। मूल्य वृद्धिसँगै सुनको बजारमा पुनः चहलपहल बढ्ने अनुमान गरिएको छ। यता, चाँदीको […]
नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १,४०० रुपैयाँले बढेर १ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ।
गत शुक्रबार सो सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। मूल्य वृद्धिसँगै सुनको बजारमा पुनः चहलपहल बढ्ने अनुमान गरिएको छ।
यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। संघका अनुसार आज चाँदी गत शुक्रबारको मूल्यमै अर्थात् प्रतितोला २ हजार ५ रुपैयाँमा किनबेच भइरहेको छ।
सुनको मूल्यमा देखिएको यो वृद्धिले अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र डलरको भाउको असर परिरहेको व्यवसायीहरू बताउँछन्। विवाह तथा चाडपर्वको सिजन नजिकिँदै जाँदा मूल्य वृद्धिले उपभोक्तामा असर पर्ने देखिएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.