काठमाडौं । राधा पोखरेललाई नेपाल बीमा प्राधिकरणको महिला निर्देशकमा नियुक्त गरिएको छ। अर्थमन्त्रीको निर्णय अनुसार पोखरेललाई प्राधिकरणको महिला निर्देशकमा नियुक्त गरिएको हो। उनको नियुक्ति चैत्र १ गतेदेखि लागू भएको छ र कार्यकाल ४ वर्षको हुनेछ। बीमा ऐन, २०७९ अनुसार प्राधिकरणको सञ्चालक समितिमा एक जना महिला सदस्य अनिवार्य राख्नुपर्ने प्रावधान छ। सोही प्रावधानअनुसार अर्थमन्त्री विष्णु पौडेलले […]
काठमाडौं । राधा पोखरेललाई नेपाल बीमा प्राधिकरणको महिला निर्देशकमा नियुक्त गरिएको छ।
अर्थमन्त्रीको निर्णय अनुसार पोखरेललाई प्राधिकरणको महिला निर्देशकमा नियुक्त गरिएको हो। उनको नियुक्ति चैत्र १ गतेदेखि लागू भएको छ र कार्यकाल ४ वर्षको हुनेछ।
बीमा ऐन, २०७९ अनुसार प्राधिकरणको सञ्चालक समितिमा एक जना महिला सदस्य अनिवार्य राख्नुपर्ने प्रावधान छ। सोही प्रावधानअनुसार अर्थमन्त्री विष्णु पौडेलले पोखरेललाई महिला निर्देशकमा नियुक्त गरेका हुन्।
पोखरेल विशाल बजार कम्पनीकी निर्देशक पनि हुन्। उनी शेयर बजारका लगानीकर्तामाझ परिचित व्यक्तित्व हुन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.