नेपाल माइक्रोइन्सुरेन्सको आईपीओमा हालसम्म कति आवेदन परेको छ?

काठमाडौं: नेपाल माइक्रोइन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको आईपीओमा हालसम्म १० करोड ९९ लाख ५९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार आज (माघ ११ गते) बिहान १०ः०६ सम्म ३४,४६० आवेदकले १० लाख ९९ हजार ५९० कित्ताका लागि आवेदन दिएका छन्। यो मागभन्दा ४.८८ गुणा बढी हो। नेपाल माइक्रोइन्सुरेन्स लिमिटेडले माघ ८ […]

काठमाडौं: नेपाल माइक्रोइन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको आईपीओमा हालसम्म १० करोड ९९ लाख ५९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार आज (माघ ११ गते) बिहान १०ः०६ सम्म ३४,४६० आवेदकले १० लाख ९९ हजार ५९० कित्ताका लागि आवेदन दिएका छन्। यो मागभन्दा ४.८८ गुणा बढी हो।

नेपाल माइक्रोइन्सुरेन्स लिमिटेडले माघ ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी २ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। इच्छुकले यसमा माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

केयर रेटिङ नेपालले यस आईपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। यस आईपीओको बिक्री प्रबन्धक एनआइएमबीएस क्यापिटल रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सी–आस्वा सुविधा प्रदान गर्ने बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सक्छन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In